You are viewing the translated version of विलम्ब शुल्क (डेमरेज) लाग्ने.

Section 72
विलम्ब शुल्क (डेमरेज) लाग्ने
(१) भन्सार कार्यालयले सञ्चालन गरेको भन्सार गोदाममा रहेका मालवस्तुहरु त्यस्तो मालवस्तुको धनीले तोकिएको म्यादभित्र जाँचपास गराई नलगेमा तोकिए बमोजिमको बिलम्ब शुल्क (डेमरेज) लाग्नेछ ।

तर, मालवस्तुको मूल्याङ्कन गर्न, वर्गीकरण गर्न वा अन्य कुनै कारणले भन्सार अधिकृतलाई द्विविधा भई जाँचपास हुन नसकेका मालवस्तुको विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन ।

(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि कुनै मालवस्तुमा लागेको विलम्ब शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएका कारणले मिनाहा दिनुपर्ने मनासिब कारण भएमा तोकिएको अधिकारीले तोकिए बमोजिम आंशिक वा पूर्णरुपले मिनाहा दिन सक्नेछ ।